नेपाली खोज
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • बलिउड चर्चित अभिनेता सुशान्तको मृत्यको कारण अनुसन्धान गर्दै सिबिआइ, प्रेमिका रियाले डिलिट गरेको म्यासेज भेटिएपछि

बलिउड चर्चित अभिनेता सुशान्तको मृत्यको कारण अनुसन्धान गर्दै सिबिआइ, प्रेमिका रियाले डिलिट गरेको म्यासेज भेटिएपछि

  • बिहिबार, भदौ ११, २०७७
बलिउड चर्चित अभिनेता सुशान्तको मृत्यको कारण अनुसन्धान गर्दै सिबिआइ, प्रेमिका रियाले डिलिट गरेको म्यासेज भेटिएपछि

एजेन्सी । बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु हत्या थियो वा आत्महत्या भन्ने विषयमा सिबिआइले अनुसन्धान गरिरहेका बेला नयाँ ट्विस्ट आएको छ । सुशान्तले पछिल्ला दिनमा निरन्तर रुपमा ड्रग्स खान्थे भन्ने गाईगुई यसअघि पनि सुनिएको भएता पनि अहिले सुशान्तकी कथित प्रेमिका रिया, उनका बोडीगार्ड, उनकी पूर्व म्यानेजरसँग गरिएको कुराकानीका आधारमा सुशान्तले ड्रग्स लिइरहेको रहस्य बाहिर आएको छ । कुरा २५ नोभेम्बर २०१९ को हो ।

जहाँ रियाले जया शाहलाई कफी, चिया वा पानीमा मात्र ४ थोपा हालेर उसलाई पिउन देऊ यसको असर ३० देखि ४० मिनेटमा आउनेछ भनेर लेखेको म्यासेजले घटना संस्कास्पद बनाइदिएको छ । जुन म्यासेज डिलिट गर्रिएको र सिबिआइले अनुसन्धानका क्रममा पुन रिकभर गरेसँगै थप रहस्यहरु खुलेका छन् ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको सामाजिक सञ्जालका म्यासेजले यस घटनासँग ड्रग्सको कनेक्सन देखाएसँगै नारकोटिक्स ब्युरोले पनि जाँच सुरु गरेको छ । केही दिन यता रियाको सामाजिक सञ्जालका म्यासेज बाहिरिएका छन् जसले यस घटना ड्रग्ससँग जोडिएको देखाएको हो ।

रिया र सुशान्तकी पूर्व बिजनेस मेनेजर श्रुति मोदीसँगको कुराकानीमा औषधि दिँदा पनि ठिक हुन नसकेको कुरा उल्लेख गरिएको छ । रियाले सुशान्तले गाँजा छोड्नुपर्ने र भोलिबाट छोड्छु भनेको कुरा पनि पूर्व म्यानेजर मोदीसँगको म्यासेजमा गरेको कुराकानी पनि अहिले भाइरल बनिरहेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका