नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • यस्तो छ टिनएजका लागि १६ ब्युटी टिप्स

यस्तो छ टिनएजका लागि १६ ब्युटी टिप्स

यस्तो छ टिनएजका लागि १६ ब्युटी टिप्स

काठमाडौँ । टिनएज उमेर नै त्यस्तो हो, जुन समयमा हरेक टिनएजर सुन्दर एवम् आकर्षित देखिन्छन् । यो उमेरसँगै सौन्दर्यमा थप ध्यान दिन सकेको खण्डमा त्यो सुन्दरता पछिसम्मका लागि निरन्तर टिकाइराख्न सकिन्छ । टिनएज चञ्चलताले भरिएको उमेर हो । यही बेला उनीहरुको व्यक्तित्व विकास, शिक्षा, स्वास्थ्य, सौन्दर्यलगायतका हरेक विषयमा सही तरिकाले समायोजन गर्न सक्नुपर्छ । यो उमेर समूहका हरेक किशोरीको ध्यान सबैभन्दा बढी आपूm कसरी अरुभन्दा सुन्दर देखिन सकिन्छ भन्ने विषयमा केन्द्रिन हुने गर्छ ।

अझ राम्रो बन्ने बहानामा जथाभावी कस्मेटिक्स प्रोडक्टको प्रयोग गर्न लागेमा सुन्दरतामा निखार आउनुको सट्टा झन् कुरुप बन्ने भएकाले टिनएजरहरुले यस विषयमा ध्यान पुर्याउनु जरुरी हुन्छ । यही कुरालाई मध्यनजर गर्दै साधनाले ती किशोरीहरुका लागि १६ ब्युटी टिप्स दिएको छ । विशेषज्ञको परामर्शद्वारा तयार पारिएका यी ब्युटी टिप्सलाई पालना गर्न सकेको खण्डमा आफ्नो सौन्दर्यलाई थप निखारता दिन सकिन्छ ।

-फाउन्डेसन टिनएजका लागि शत्रु हो । फाउन्डेसन म्याचुअर्ड छालाको लागि मात्र उपयुक्त हुन्छ । कतिपय किशोरी आफ्नो छालामा देखिएका दाग र चायालाई छोप्न फाउन्डेसनको प्रयोग गर्ने गर्छन् । तर त्यही फाउन्डेसनले प्राकृतिक सुन्दरता हटाई छालालाई बुढ्यौलीतर्फ धकेलिरहेको हुन्छ । त्यसैलै अनुहारको दाग र चायालाई छोप्न कन्सिलरको प्रयोग उपयुक्त हुन्छ ।

-टिनएजमा धेरै मेकअप गर्नुहुँदैन । यो उमेरमा त्यसै पनि छाला चम्किलो र आकर्षक हुन्छ । धेरै मेकअप गरेमा त्यसले प्राकृतिक सुन्दरता नै छोपिदिन्छ । किशोरावस्थामा धेरै मेकअप गर्नाले छालाको चमक हराएर उमेरभन्दा पाको देखिने हुन्छ ।

-यदि किशोरावस्थामै अनुहारमा चाया आएको छ भने डर्माटोलोजिस्टसँग सम्पर्क गरिहाल्नुपर्छ । समयमै डर्माटोलोजिस्टसँग परामर्श लिन सकेमा पछि देखिने समस्याको सावधानी पनि उनीहरुको सल्लाहबाट गर्न
सकिन्छ ।

-मेकअप गर्दा छालाको प्रकृतिअनुसार गर्नुपर्छ । पहिले आफूलाई कुन मेकअप गर्दा उपयुक्त हुन्छ भन्ने बुझेर मात्र कस्मेटिक्स प्रोडक्टको प्रयोग गर्नुपर्छ ।

-क्लिन्जिङ गरिसकेपछि चिसो पानी अनुहारमा छ्याप्नुपर्छ ।

-म्भव भएसम्म कम्तीमा ३ महिनामा एकपटक ब्युटिपार्लर जानु उपयुक्त हुन्छ । पार्लर गएमा आफ्नो सौन्र्दयको बारेमा उचित परामर्श लिन सकिन्छ ।

नियमित मेडिक्योर र पेडिक्योर गराउनुपर्छ ।

-जाडो या गर्मी महिनामा बाहिर निस्कँदा सधैँ सनस्क्रिन लोसन प्रयोग गर्नुपर्छ ।

-शुद्ध पानी जति बढी पिउन सक्यो सौन्दर्य र स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।

-रेसायुक्त फलफूल, काँक्रो, गाजर, काँचो बन्दा, साग आदिको सेवनमा बढी जोड दिनुपर्छ । यस्तो खानेकुराले स्वास्थ्यमा फाइदा पुग्नुको साथै अनुहारमा चमक र निखार ल्याउँछ ।

-सौन्दर्य र सन्तुष्टि एक–अर्काका परिपूरक हुन् । त्यसैले आफू र आफ्नो सौन्दर्यप्रति सन्तुष्टि हुन सक्नुपर्छ । सधैँ असन्तुष्टि मात्र भयो भने सौन्दर्यमा जतिसुकै ध्यान दिए पनि चमकतामा ह्रास भएर जान्छ ।

-चर्को घामले छालालाई कालो र चमकहीन बनाउँछ । त्यसैले सकभर चर्को घामबाट आफूलाई बचाउनुपर्छ ।

-सुक्खा छालाका लागि स्क्रब अति आवश्यक हुन्छ । स्क्रब गरिसकेपछि अनुहारमा म्वाइश्चराइजर लगाउनुपर्छ ।

-दिनभरिको धुवाँ, धूलो, पसिना अनि मेकअपले अनुहारमा असर पुर्याउन सक्छ । बेलुका साबुन–पानीले त्यस्तो अनुहार पखाल्दा पूर्णरुपले सफाइ नहुन पनि सक्छ । त्यसैले अनुहारमा क्लिन्जिङ गर्नु आवश्यक हुन्छ ।

-अनुहारमा सकभर साबुनको प्रयोग गर्नुहुँदैन । यदि प्रयोग गर्नै पर्छ भने क्षारविहीन साबुनको प्रयोग गर्न सकिन्छ ।

-कसै–कसैको छाला सामान्य प्रकृतिको (न तैलीय न त सुक्खा) हुन्छ । त्यस्तो छालाको केयर गर्ने सबैभन्दा राम्रो उपाय भनेको दिनमा चार–पाँच पटक सफा पानीले धुनु नै हो ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका