नेपाली खोज
बुधबार, साउन २८, २०७७
  • होमपेज
  • सभामुख सापकोटाको सुरक्षामा खटिएका प्रहरीमा कोरोना पुष्टि

सभामुख सापकोटाको सुरक्षामा खटिएका प्रहरीमा कोरोना पुष्टि

सभामुख सापकोटाको सुरक्षामा खटिएका प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, १७ साउन। काठमाडौँ उपत्यकामा कोरोना भुसको आगो झै सल्किएका बेला प्रहरी अधिकारीहरुमा कोरोना एकपछि अर्को गद्र्यै देखिन थालेको छ । यसैबिच प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरी हेडक्वार्टरमा बस्ने र सभामुखको सुरक्षामा खटिने प्रहरीमध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

ति सुरक्षाकर्मी ‘सभामुखको सुरक्षाका निमित्त खतिने अगुवा प्रहरी भएको सभामुखको सचिवालयले ओएस नेपाललाई जानकारी दियो । पछिल्ला दिनमा हेडक्वार्टरमा पनि कोरोना संक्रमित भेटिएपछि उनको पनि स्वाब संकलन गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै नेपालमा शनिबार थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज मात्रै देशभर थप ९३ जनाले कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार ४ सय ९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ९३ जना निको भएर घर फर्केको जानकारी दिएका हुन् । नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका