नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • कोरोना पुष्टि भएकी ३१ वर्षीया महिलाले जन्माईन् स्वस्थ शिशु

कोरोना पुष्टि भएकी ३१ वर्षीया महिलाले जन्माईन् स्वस्थ शिशु

कोरोना पुष्टि भएकी ३१ वर्षीया महिलाले जन्माईन् स्वस्थ शिशु

वीरगन्ज- एक कोरोना संक्रमित महिलाले आइसोलेसनमै बच्चालाई जन्म दिएकी छन् । वीरगन्ज स्थित कोभिड अस्पतालमा उपचाररत छपकैयाकी ३१ वर्षीया महिलाले शुक्रबार बिहान ४ बजे छोरीलाई जन्म दिएकी हुन् । ती महिलालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो तर उनले शुक्रबार बिहा शिशुलाई जन्म दिएकी हुन् ।

आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बिहीबार साँझ बेथाले च्यापेपछि सुत्केरी गराउन उनलाई नेशनल मेडिकल कलेजको प्रसूती गृहमा लगेर भर्ना गरिसकिएको थियो ।

संक्रमित महिला सुत्केरी गराउनका लागि मेडिकल कलेजमा भर्ना भएको खबर पाएपछि कोभिड अस्पतालका चिकित्सकले राति साँढे एक बजे उनलाई कोभिड अस्पतालमा ल्याएका थिए । अहिले बच्चाको पनि पीसीआर परीक्षणका लागि शुक्रबार बिहान नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको बताइएको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका