नेपाली खोज
बुधबार, साउन २८, २०७७
  • होमपेज
  • अमेरिकामा एकैदिन १४६५ जनाको मृत्यु, भारतमा पनि देखियो डरलाग्दो संक्रमित

अमेरिकामा एकैदिन १४६५ जनाको मृत्यु, भारतमा पनि देखियो डरलाग्दो संक्रमित

अमेरिकामा एकैदिन १४६५ जनाको मृत्यु, भारतमा पनि देखियो डरलाग्दो संक्रमित

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले डरलाग्दो रुप धारण गरेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा थप ६८ हजार ५६९ जना संक्रमित हुँदा १ दिनमा नै १४ सय ६५ जनाको मृत्यु भएपछि अवस्था झनै डरलाग्दो बनेको हो ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ४६ लाख ३४ हजार ९८५ पुगेको छ । जसमध्ये २२ लाख ८४ हजार ९६५ जना संक्रमणमुक्त भएका छन् भने २१ लाख ९४ हजार ७३५ जनामध्ये १८ हजार ७८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८५ पुगेको छ ।

त्यस्तै अमेरिका र ब्राजिलले कोरोना नियन्त्रणमा हार खाइरहेका बेला भारतमा दैनिक संक्रमितको संख्या आकाशिएर नयाँ रेकर्ड कायम हुन थालेको छ । वल्डोमिर्टसका अनुसार शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् ।

जहाँकी यसअघि बुधबार र बिहिबारको तुलनामा प्रतिदिन ३ हजारको दर बढीरहेका बेला शुक्रबार झनै आकाशिएसँगै कोरोनाका कारण भारतपनि गहिरो समस्यामा फस्दै गएको छ ।

योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ भने १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् । त्यस्तै ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाले ज्यान गुमाएका छन् भने कुल ज्यान गुमाउनेको संख्या ३५ हजार ७८६ पुगेको छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका