नेपाली खोज
बुधबार, साउन २८, २०७७
  • होमपेज
  • धनुषामा कोरोना सङ्क्रमणबाट एक युवकको मृत्यु

धनुषामा कोरोना सङ्क्रमणबाट एक युवकको मृत्यु

धनुषामा कोरोना सङ्क्रमणबाट एक युवकको मृत्यु

जनकपुर, १२ साउन: धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा ंसिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो । शवलाई जनकपुरमै व्यवस्थापन गरिने बताइएको छ । धनुषामा कोरोना सङ्क्रमणबाट मृत्युको यो पहिलो घटना हो । यस प्रदेशमा अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका