नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • नारायणगढ– मुग्लिङ सडकखण्ड अवरुद्ध

नारायणगढ– मुग्लिङ सडकखण्ड अवरुद्ध

नारायणगढ– मुग्लिङ सडकखण्ड अवरुद्ध

चितवन, ९ साउन: नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको हो ।

अविरल वर्षा भइरहेकाले रातको समयमा पहिरो पन्छाउने सम्भावना नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । यस वर्षका वर्षात्सँगै त्योे ठाउँमा पटक पटक पहिरो गएर दुःख दिइरहेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका