नेपाली खोज
बुधबार, साउन २८, २०७७

खानाको अभावमा मृत्यु

खानाको अभावमा मृत्यु

जाजरकोट, ७ (साउन)  गत असार २५ गते भीषण पहिरामा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ । त्रिपालमा खानबस्न अभाव हुँदा स्वास्थ्यावस्था कमजोर भई उनको मृत्यु भएको वडा सचिव डम्बर पुनले जानकारी दिनुभयो ।

आज बिहान मृत्यु भएका सार्की जस्तै त्रिपालमा बसेकालाई खानेकुराको निकै समस्या भएको सचिव पुनले बताउनुभयो । आधारभूत आवश्यकता पूर्ति नभए अन्य क्षति हुन सक्ने उनको जिकिर छ ।

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका