नेपाली खोज
बुधबार, साउन २८, २०७७
  • होमपेज
  • आफ्नो क्षेत्रको क्षतिको विवरण सरकारलाई उपलब्ध गराउन मन्त्री जम्कट्टेलको अनुरोध

आफ्नो क्षेत्रको क्षतिको विवरण सरकारलाई उपलब्ध गराउन मन्त्री जम्कट्टेलको अनुरोध

आफ्नो क्षेत्रको क्षतिको विवरण सरकारलाई उपलब्ध गराउन मन्त्री जम्कट्टेलको अनुरोध

वाग्मती, ६ साउनः वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले बाढीपहिरोका कारण आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण प्रदेश सरकारलाई उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गर्नुभएको छ । मन्त्री फुयाँलले आज सन्देश जारी गर्दै वाग्मती प्रदेश सरकार उद्धार र अवरोध हटाएर सडक पुनःसञ्चालन गर्न लागिपरेको बताउनुभएको छ ।

“अविरल वर्षाको कारणले जोखिममा परेका समुदायको उद्धार र अवरूद्ध राजमार्गलगायत सबै जिल्लाका अवरूद्ध सडक खुलाउन वाग्मती प्रदेश सरकारका तर्फबाट सबै निकायसँग नियमित समन्वय भइरहेको कुरा सबैमा जानकारी गराउन चाहन्छु”, मन्त्री जम्कट्टेलले सन्देशमा भन्नुभएको छ । “प्रदेश सरकारका तर्फबाट हुन सक्ने सहयोगका लागि सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यलयबाट छिटोभन्दा छिटो क्षतिको विवरण प्रदेश सरकारमा उपलब्ध गराउन अनुरोध गर्दछु”, मन्त्री जम्कट्टेलद्वारा जारी सन्देशमा भनिएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका