नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • आर्थिक अभाव भोगिरहेकी लिम्बूको मिर्गौला प्रत्यारोपणका लागि युट्युवबाट रकम सङ्कलन

आर्थिक अभाव भोगिरहेकी लिम्बूको मिर्गौला प्रत्यारोपणका लागि युट्युवबाट रकम सङ्कलन

आर्थिक अभाव भोगिरहेकी लिम्बूको मिर्गौला प्रत्यारोपणका लागि युट्युवबाट रकम सङ्कलन

इलाम, ५ साउन: मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भोगिरहेकी एक महिलाका लागि युट्युवमार्फत रकम जुटाउन थालिएको छ । दुवै मिर्गौला फेल भएर प्रत्यारोपणका लागि आर्थिक अभाव खेपिरहनुभएकी इलाम नगरपालिका– ११ बस्ने सञ्चरानी लिम्बूका लागि हिव टिभी युट्युव च्यानलमार्फत रकम जुटाउन थालिएको हो । युट्युवमार्फत रु सात लाख २९ हजार ३५० उठाइएको छ ।

हिब टिभी नेपाल युट्युव च्यानलका सञ्चालक विरु लिम्बूको अगुवाइमा सङ्कलन गरिएको सहयोग रकम देशविदेशमा रहेका २० जनाले सहयोग गरेका हुन् । लिम्बूको उपचारका लागि रु १० लाखभन्दा बढी रकम आवश्यकपर्ने भएपछि विभिन्न माध्यमबाट रकम सङ्कलन थालिएको हो । आर्थिकस्थिति कमजोर भएकी लिम्बूको उपचार रकम अभाव भएपछि ‘सञ्चमाया बचाऊ अभियान’मार्फत रकम जुटाउन थालिएको हो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका