नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • कर्णाली प्रदेश सरकारको विपद् कोषमा १० लाख सहयोग

कर्णाली प्रदेश सरकारको विपद् कोषमा १० लाख सहयोग

कर्णाली प्रदेश सरकारको विपद् कोषमा १० लाख सहयोग

सुर्खेत, २६ असार: ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा रु १० लाख सहयोग गरेको छ । बिहीबार ग्लोबल आईएमई बैंक कर्णाली प्रदेशका प्रमुख मदनकुमार मुल्मीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री शाहीले विपद्को बेला सरकारसँगै छौँ भनेर सकरात्मक सन्देश दिई आफ्नो उत्तरदायित्व पूरा गरेको भन्दै बैंकको टोलीलाई धन्यवाद दिनुभयो ।

बैंकका कर्णाली प्रदेश प्रमुख मुल्मीले बैंकले गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकम कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले बैंकले विशुद्ध नाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्वलाई पनि आत्मसात् गरेको जनाउनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका