नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • प्रदेश नं १ : चौध सङ्क्रमित निको भई घर फर्के

प्रदेश नं १ : चौध सङ्क्रमित निको भई घर फर्के

प्रदेश नं १ : चौध सङ्क्रमित निको भई घर फर्के

विराटनगर, २६ असार: प्रदेश नं मा १ मा बिहीबार दुई जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा झापा र सुनसरीका एक/एक जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ७०४ पुगेको छ । यस्तै प्रदेशबाट बिहीबार १४ जना सङ्क्रमित निको भई घर फर्केका छन् । यसरी घर फर्केनेमा दुई महिलासहित १४ जना छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट नौ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना र कोभिड–१९ आइसोलेसन केन्द्र उदयपुरको चौदण्डीगढीबाट दुई सङ्क्रमित निको भै घर फर्केको मन्त्रालयले जनाएका छ । प्रदेशबाट अहिलेसम्म निको हुनेको सङ्ख्या ५४१ पुगेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका