नेपाली खोज
बुधबार, साउन २८, २०७७
  • होमपेज
  • अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान

अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान

अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन २० उडान

काठमाडौँ, १० असार: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।

बन्दाबन्दीपछि यो हालसम्मकै बढी उडान हो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । यसअघि सोमबार अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा गत आइतबार १६ र शनिबार १५ उडान भएको थियो ।

आज नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नीबाट २५८, माल्दिभ्सबाट १४३, र थाइल्याण्डको बैंककबाट दुई उडानबाट क्रमशः ७८ र १२ नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले कतारको दोहाबाट १४४ र अबुधाबीबाट ५ नेपाली काठमाडौँ ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जजिरा एयरले कुवेतबाट १६० यात्रु ल्याएको छ ।

त्यसैगरी नेपाली यात्रु लिन नेपाल एयरलाइन्सको जहाज माल्दिभ्सको जेधाह प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स कुबेत र साउदी अरेबियाको दमाम उडेको छ । सोही एयरलाइन्सको जहाजले चीनको चाङ्सामा दुई कार्गो उडानका लागि त्यसतर्फ प्रस्थान गरेको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आजै जजिराले कुवेत र हिमालयले चाङ्साबाट कार्गो उडान गरेका छन् ।

बुधबार पनि अन्तर्राष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, अबुधावी जेधाह, कुवेत इस्तानबुल, जेधाह र जापानको नारितामा चार्टर्ड उडान हुनेछ । हिमालयले दमाम, कुबेत र अबुधाबीबाट समान सङ्ख्या १५४ यात्रु ल्याउनेछ भने टर्किस एयरलाइन्सले इस्तानबुलबाट दुई उडानमा २८० का दरले यात्रु ल्याउने विमानस्थलले जनाएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका