नेपाली खोज
बुधबार, साउन २८, २०७७
  • होमपेज
  • प्रदेश २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने नाका आजदेखि बन्द, माछामासु तथा तरकारी बजार पूर्णरुपमा रोक

प्रदेश २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने नाका आजदेखि बन्द, माछामासु तथा तरकारी बजार पूर्णरुपमा रोक

प्रदेश २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने नाका आजदेखि बन्द, माछामासु तथा तरकारी बजार पूर्णरुपमा रोक

हेटौँडा, ३१ वैशाख- प्रदेश दुई हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका आजदेखि बन्द गरिने भएको छ । प्रदेशसँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण फैलिएपछि मकवानपुरको कमाण्ड पोष्टले चुरियामाई हुँदै हेटौँडा आवतजावत बन्द गर्ने निर्णय गरेको हो । देशमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि र छिमेकी जिल्लाहरुमा समेत कोरोनाको सङ्क्रमण फैलिएपछि मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अग्रसरतामा सरोकारवालाहरुको विशेष बैठक बसेको थियो ।

बैठकपछि जिल्ला कमाण्ड पोष्टमार्फत लकडाउनलाई समेत कडा बनाउने निर्णय भएको प्रमुख खुलालले जानकारी दिनुभयो । कमाण्ड पोष्टको हिजोको बैठकले अन्य जिल्लाबाट मकवानपुर प्रवेश गर्ने नाकाहरुमा समेत कडाइ गर्ने निर्णय गरेको छ । बैठकले खाद्यान्न तथा ग्यास पसल बिहान ९ बजेसम्म, औषधि तथा भेटेरिनरी एवं मलबीउ जस्ता कृषि पसललाई दिनभरि खोल्न दिने निर्णय गरेको छ । बैठकले जेठ १ गतेबाट भने माछामासु तथा तरकारी बजार पूर्णरुपमा बन्द गर्ने, बैंकलाई भीडभाड नहुने गरी बिहान १० देखि ३ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ ।

त्यस्तै हेटौँडाको चुरेक्षेत्रको वनजङ्गलबाट समेत तराईका जिल्लाबाट मानिसहरु आउने गरेको पाइएकाले उनीहरुलाई रोक्नका लागि त्यस क्षेत्रका वडा अध्यक्ष र स्थानीय समेतको समिति बनाएर नियन्त्रणको काम गर्ने निर्णय भएको बैठकमा सहभागी हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौँडामा कोरोना भाइरस भित्रन नदिनका लागि धेरै खालका उपाय अपनाउन लागिएको उहाँले बताउनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका