नेपाली खोज
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • कैलालीका तन्नेरी कोरोना जितेर घर फिर्ता

कैलालीका तन्नेरी कोरोना जितेर घर फिर्ता

  • आइतवार, बैशाख ७, २०७७
कैलालीका तन्नेरी कोरोना जितेर घर फिर्ता

घोडाघोडी, ७ वैशाखः कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय कोरोना सङ्क्रमित एक युवक दोस्रो र तेस्रो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज घर फर्केका छन् । उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका चिकित्सकले फूल दिएर बिदा गर्नुभयो । अस्पतालबाट उनी एम्बुलेन्स चढेर अस्पतालबाट घर फिर्ता भएका थिए ।

भारतबाट आएका उनलाई गत चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज घर फर्काइएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले जानकारी दिनुभयो । अब अस्पतालमा चार सङ्क्रमितको उपचार भइरहेको छ । ती सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका