नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • मुसलमानले घरमै पढ्न थाले नमाज

मुसलमानले घरमै पढ्न थाले नमाज

मुसलमानले घरमै पढ्न थाले नमाज

तुलसीपुर, ७ वैशाखः दाङको तुलसीपुर उपमहानगरपालिकाका मस्जिदको अनुगमन गरिएको छ । देशका विभिन्न स्थानका मस्जिदमा कोभिड–१९ संक्रमित मुसलमान लुकेर बसेको भन्ने सूचनाका आधारमा सो अनुगमन गरिएको हो । उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार उपमहानगरपालिकाका नेपाली जामे मस्जिद, अबु बकर मस्जिद र फैजाने मुस्तफमा अनुगमन गरिएको हो । मस्जिदको अनुगमनमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, पूर्वसांसद अनारकली मियाँलगायतको सहभागिता थियो । अनुगमनका क्रममा मस्जिदमा मौलाना (पुजारी) मात्रै रहेको पाइएको प्रमुख पाण्डेले बताउनुभयो ।

मुसलमानले कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्न थालेको उहाँको भनाइ छ । हरेक दिन नमाज पढ्नका लागि मुसलमान मस्जिदमा आउने गरे पनि कोरोना संक्रमणको त्रासपछि भने पूर्ण रुपमा बन्द रहेको मस्जिद व्यवस्थापन समितिका पदाधिकारीले बताएका छन् । प्रमुख पाण्डेले तुलसीपुरबाट कोही पनि मुलसमान बाहिर नगएकाले संक्रमणको त्रास नभएको जिकिर गर्नुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका